सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको दमक- १ स्थित पुरानो आम्दाको नामले चिनिएको दमक अस्पतालको काउन्टरमा कर्मचारीको दबदबा रहेको पाईएको छ। आज साँझ छोरीको हात भाँचिएर उपचारका लागि छोरी लिएर अस्पताल पुग्नु भएका युवा नेता तथा समाजसेवी छवि बाँसकोटा आधा घण्टा सम्म काउन्टरमा कर्मचारी खोइ भन्दै बसिरहनु भयो ।
हुनत काउन्टरमा मान्छे नै नभएको भने होइन । मान्छे थिए तर कर्मचारीका दुई नाबालक छोराहरु । उनीहरु दुबैजना मोबाइलमा ब्यस्त थिए । ती बच्चाहरूकि आमा आधा घण्टा पछि मात्रै आईन भन्दै बाँसकोटाले शुभदिनसँग भन्नुभयो “स्ख्नेटाटस पनि हालि सकेको छु, समाचार बनाइदिनुपर्यो” ।
उहाँले अस्पतालमा काउन्टर छोडेर बाहिर गएकी कर्मचारीलाई काउन्टरमा आएपछि तपाईं कहाँ जानू भएको थियोे भनी जिज्ञासा राख्दा काम परेर बाहिर गएको थिए भन्ने जबाफ दिएको बताउनुभयो ।
बाँसकोटाले ती कर्मचारीलाई नाम सोध्दा नाम किन चाहियो भन्दै जवाफ थमाएको पनि शुभदिनलाई जानकारी दिनुभयो ।
यस विषयमा विस्तृत समाचार कर्मचारीको बाईटसहित भोलि प्रकाशित गर्नेछौं । प्रतिक्षा गर्नुहोला ।
प्रतिकृया