दमक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ दिने कार्यक्रमका लागि झापा आउने तय भएको छ।
आगामी भाद्र १ र २ गते जिल्ला स्तरीय कार्यक्रमका लागि सभापति लामिछाने २ दिने झापा भ्रमण मा आउन लाग्नु भएको रास्वपा झापा संयोजक उमेश खरेल ले जानकारी दिनु भयो ।
सभापति लामिछानेले भाद्र १ गते झापाको बिर्तामोडमा बिहान ११:३० बजे र दमकमा दिउँसो २:३० बजे बृहत जनसभालाइ सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै झापाकै शान्तीनगरमा सुकुम्बासी बस्तिको स्थलगत अवलोकन, बाहुनडाँगी हात्ती प्रभावित क्षेत्रमा स्थलगत अवलोकन, कन्काइमा सन्थाल समुदायसँग भेटघाट र छलफल , गौरादहमा भेटघाट, पाडाजुङ्गिमा स्थलगत अवलोकन, अर्जुनधारा मन्दिर दर्शन, बिर्तामोडमा उधोगी व्यबसायीसँग छलफल, इट्टाभट्टामा क्षेत्रीय सभा,
कचनकवलमा क्षेत्रिय सभा, गोल्धाप बजारमा सम्बोधन, राजगढ बजारमा छलफल, झापा बजारमा क्षेत्रीय सभा र जनता बजार शिवसताक्षीमा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
बृहत जनसभालाइ सम्बोधन गर्न सभापति लामिछाने सहित महामन्त्री डा. मुकुल ढकाल, केन्द्रिय सदस्य रमेश प्रसाईं, प्रमुख सचेतक माननीय सन्तोष परियार, संघीय संसदहरु माननीय मनिष झा र माननीय निशा डाँगी आउनु हुने रास्वपा झापाका संयोजक उमेश खरेलले जानकारी दिनुभयो ।
प्रतिकृया