 दमक। खनाल सेवा समिति दमक नगर समितिले एक विशेष कार्यक्रमका बिच प्रतियाेगीतात्मक ज्ञान मञ्च कार्यक्रम सम्पन्न गरेकाे छ।
दमक। खनाल सेवा समिति दमक नगर समितिले एक विशेष कार्यक्रमका बिच प्रतियाेगीतात्मक ज्ञान मञ्च कार्यक्रम सम्पन्न गरेकाे छ।
दमक न.पा वाड न. ८ र ९ का किर्तन मण्डलीहरुबिच भएकाे प्रतियाेगीतामा श्रीमन नारायण किर्तन मण्डली दमक -९ प्रथम, लक्ष्मीनारायण किर्तन मण्डलीदमक-९ द्वितिय र सिर्जनशिल किर्तन मण्डली दमक-९ तृतिय भएका छन ।
प्रथम द्वितिय र तृतिय हुने किर्तन मण्डलीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएकाे थियाे । अन्य सहभागी किर्तन मण्डलीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएकाे थियाे ।
 खनाल सेवा समिति जिल्ला कार्य समिति झापाका सचिव ओमप्रसाद खनालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता खनाल सेवा समिति दमकका अध्यक्ष लिलानाथ खनालले गरेका थिए ।
खनाल सेवा समिति जिल्ला कार्य समिति झापाका सचिव ओमप्रसाद खनालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता खनाल सेवा समिति दमकका अध्यक्ष लिलानाथ खनालले गरेका थिए ।
कार्यक्रमकाे सञ्चालन खनाल सेवा समिति दमकका सचिव शारदा खनालले गरेका थिए भने स्वागत मन्तव्य काेषाध्यक्ष चुडामणी खनालले गरेका थिए ।
कार्यक्रममा खनाल सेवा समितिका सदस्यहरु,खनाल महिला मञ्च दमकका सदस्यहरु, विभिन्न किर्तन मण्डली सदस्य सहित करिब एकसय भन्दा बडी सदस्य हरुकाे उपस्थिति रहेकाे थियाे ।
 
                                     
                                     
                                     
                                     
                                     
                                    
प्रतिकृया