मोरङ/ श्रीमतीको हत्या गरेको अभियोगमा मोरङको बेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । उनले ४८ बर्षीया सिता घिमिरेलाई हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा रहेको गुवालीमा लुकीछिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो ।
हिजो बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमतीको बाँया कन्चटमा चार–पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया