सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
एकतप्पा। ईलामको फाकफोकथुम-७ शिकारीभञ्ज्याङमा जारी दिपावली कप फुटबल प्रतियोगितामा चौबन्दी एफसी र लालीगुराँस एफसी महमाई विजयी भएका छन् ।
उपाधि दाबेदार चौबन्दीले युनाइटेड एफसी गोदकलाई ३-१ ले पाखा लगाउँदै जित हात पारेको हो । यद्यपि खेलमा अग्रता भने गोदकले लिएको थियोे । उसका निसान राईले खेल शुरु भएको तेश्रो मिनेटमै दर्शनीय गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निशानको प्रहारलाई गोल रक्षक सुमन लिम्बूले ठम्याउन नसक्दा बलले जाली चुमेको थियो ।
त्यसपछि एक शुन्यले पछि परेको चौबन्दीले खेलको १५ औं मिनेटमा आशिष लावतीको फ्रिकिक मार्फत गोल गर्दै बराबरी गरेको थियोे ।
पहिलो हाफमा एक/ एकको बराबरी खेलेको चौबन्दीले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल तीन एकले जितेको थियोे । उसका लागि दोश्रो हाफको सातौं मिनेटमा शुक्रराज राईले गोल गर्दै टिमलाई दुई एकको अबस्थामा पुर्याए ।
त्यसपछि झनै आक्रामक देखिएको चौबन्दीका लागि सुबास तामाङले दोश्रो हाफको एघारौं मिनेटमा गोल गर्दै टिमलाई तीन एकको अबस्थामा पुर्याएका थिए ।
खेलमा गोदकले पनि दर्जन बढि अबसर पाएपनि गोल गर्न सकेन्। जितसँगै चौबन्दी प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ।
त्यस्तै सोमबार नै सम्पन्न अर्को खेलमा द ब्वाइज एफसी आमचोकलाई टाईब्रेकरमा चार तीनले पाखा लगाउँदै लालीगुराँस एफसी महमाई पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ। निर्धारीत समयसम्म एक/एक गोलको बराबरी भएपछि खेल टाईब्रेकर सम्म पुगेको थियोे ।
मंगलबार पनि दुई खेल हुनेछन् । मंगलबार पहिलो खेलमा उपाधि दाबेदार मानिएको सालबारी एफसी झाापा र ग्रिन युथ तथा दोश्रो खेलमा ब्रदर्श युनाइटेड आमचोक र देउमाई आमनेसामने हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख तथा उप-विजेताले नगद पचास हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको आयोजना वडा खेलकुद विकास समितिले गरेको हो ।
प्रतिकृया