सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ।
नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो।
आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए।
ईलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। ७९ मंसिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।
प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए।
प्रतिकृया