सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। साहित्य कला सङ्गमले आफ्नाे रचना वाचनकाे ३७ ओ श्रृङखला एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ। उक्त कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्याैपाने, उपाध्यक्षहरु ,यादवप्रसाद अधिकारी ,दुर्गा काफ्ले ,काेषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु पदम प्रसाद ओली, दुर्गाप्रसाद सिग्देल,खेमलाल पाेख्रेल र यादवप्रसाद नेपालले छन्दाेबद्ध कविता वाचन गरेका थिए ।
त्यस्तै साहित्यकारहरु अम्विकाप्रसाद सापकाेटा, मेघनाथ बन्धु, बिरेन्द्र खडका , रामकुमार उपाध्याय,हिमाल सुब्बा गुराश, नेत्रप्रसाद अधिकारी,दुर्गा प्रसाद चम्लागाई,सीता ढुङ्गाना लगायतले गजल,मुक्तक, र गद्य कविता वाचन गरेका थिए ।
दमकका अग्रज साहित्यकार खेमलाल पाेख्रल काे प्रमुख आतिथ्यतामा र साहित्यकार दुर्गाप्रसाद सिग्देलकाे बिशिष्ठ आतिथ्यतामा भएकाे उक्त रचना बाचन कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन सङ्गमका उपाध्यक्ष दुर्गा काफ्ले (खनाल) ले गरेकी थिईन ।
साहित्य कलन सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
प्रतिकृया