सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रम अन्तर्गत ४२ ओै रचना वाचन एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । साहित्य कला सङ्गमकाे आफ्नै कार्यलयमा सम्पन्न उक्त कार्यक्रममा करिव दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
रचनावाचन गर्ने साहित्यकारहरु साहित्यकला सङ्गमका बरिष्ठ उपाध्यक्ष बिन्दु दहाल मुकदर्शक ,काेषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु अम्विका प्रसाद सापकाेटा, गाेपाल दहाल, बिवेक दुलाल क्षेत्री, यादवप्रसाद नेपाल, डिल्ली निराैला, शारदा निराैला ,किराँती राजा, नेत्रप्रसाद अधिकारी, दुर्गा चम्लागाई, मदन शिवाकाेटी, रामकुमार उपाध्याय ,अर्जुन निराैला, राजु कार्की, शान्तप्रसाद भट्टराई , खड्ग बहादुर खड्का रहेका थिए ।
शैक्षिक तथा सामाजिक व्यक्तित्व लेखनाथ खनालकाे प्रमुख आतिथ्यमा भएकाे उक्त रचना वाचन कार्यक्रम साहित्य कला सङ्गमका उपाध्यक्ष विन्दु दहाल मुकदर्शककाे अध्यक्षतामा भएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन साहित्य कला सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
साहित्य कला सङ्गमले नियमित रुपमा हरेक महिनाकाे पहिलाे शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
प्रतिकृया