सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। साहित्य कला सङ्गम दमकले १५९ ओै माेती जयन्ती एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । कार्यक्रममा साहित्य कला सङ्गमकाे समसामहिक अङ्क “सङ्गम” काे विमाेचन गरिएकाे थियाे । उक्त कार्यक्रममा करिव दुई दर्जन भन्दा बडी साहित्यकारहरुले ” बा ” सम्बन्धि रचना वाचन गरेका थिए ।
रचनावाचन गर्ने साहित्यकारहरु साहित्यकला सङ्गमका बरिष्ठ उपाध्यक्ष बिन्दु दहाल मुकदर्शक , उपाध्यक्ष यादवप्रसाद अधिकारी ,काेषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु अम्विका प्रसाद सापकाेटा, मेघनाथ बन्धु, गाेपाल दहाल, बिवेक दुलाल क्षेत्री, यादवप्रसाद नेपाल , डिल्ली निराैला, शारदा निराैला ,किराँती राजा, शिशिर भट्टराई,रिता पाेख्रेल, मदन शिवाकाेटी,रुद्र प्रभात,भगवती दवाडी ,भुपेन्द्र तिम्सिना, रामकुमार उपाध्याय ,शान्तप्रसाद भट्टराई , रहेका थिए ।
कवि तथा साहित्यकार डा. गाेपाल प्रसाद भण्डारीकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा साहित्यकार धन्नजय बास्काेटाले विमाचित पुस्तक माथि समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन साहित्य कला सङ्गमका महा सचिव दीपक सुवेदीले गरेका थिए ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेमनाथ अधिकारी ,उर्लावारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीकाे बिशिष्ठ आतिथ्यता रहेकाे थियाे भने कार्यक्रममा साहित्य कला सङ्गमका आजीवन सदस्यहरु लगायत साहित्यिक स्रष्टाहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिकृया