सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको बि एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापन गराउने भएको छ।
चिकित्सा शिक्षा आयोगले बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेसँगै बि एण्ड सीले अध्यापन गराउने निश्चित भएको हो ।
आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण समेत गरेको छ।
नागरिक बचाउ अभियानको नेतृत्व गर्दै आएका अभियन्ता दुर्गा प्रसाईले संचाल गरेको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। प्रसाईंले देशको पैसा विदेश पठाउन रोक्नुपर्ने र आफ्नै देशमा एमबीबीएस पढ्न पाउनुपर्ने माग राख्दै आएका थिए।
कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
बि एण्ड सीले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
प्रतिकृया