सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
ईटहरी। ४ दिनदेखिको अबिरल वर्षको कारण कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ ।
आज दिउँसो साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ ।
ब्यारेजमा पानीको बहाव बढ्दाे छ । उच्च खतराको तह पार गरेका कारण पैदलयात्रीलाई आवतजावतमा राेक लगाए पनि सवारीसाधन आवतजावत भने खुला छ ।
ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।
भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकृया