दमक। झापाको दमक – ८ स्थित अर्गानिक योग साधना केन्दले एक समाराेहका साथ गुरु पूर्णिमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पतञ्जली योग समिति अन्तर्गत गत पौष महिनामा सञ्चालित सह-योग शिक्षक प्रशिक्षण तालिम पूरा गर्ने साधक साधिकाहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश) ले तालिम पूरा गर्ने योग शिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा साधना केन्द्रका गुरु उमेश धिमिरेलाई सम्मान गर्नुका साथै
साधिकाहरुले मनाेरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।कार्यक्रममा पयोस जिल्ला सदस्य धनश्याम प्याकुरेल, जिल्ला मिडिया प्रभारी साेमनाथ आचार्य,दमक नगर समिति महामन्त्रि
धनपति ओडारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।साधना केन्द्रका सम्पूर्ण योग शिक्षकको तर्फबाट योग शिक्षक ओमप्रसाद खनालले गुरु पूर्णिमाको महत्व सहित शुभकामना ब्यक्त गरेका थिए ।
अर्गानिक साधना केन्द्रका संयोजक उमेश धिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह संयोजक हरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गंगाप्रसाद सेडाईले गरेका थिए ।
प्रतिकृया