दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक झापाले २१२ओै भानु जयन्तीको अवसरमा रामायण बाचन र कविता वाचनको प्रतियागितात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा दुई दर्जन जेष्ठ नागरिकले रामायण वाचन गरेका थिए । साथै भानु सग सम्बन्धित कविताहरु पनि दुई दजर्न भन्दा बडी स्रष्टाहुरुले रचना वाचन गरेका थिए। उक्त दुबै प्रतियागिताको मुल्याङ्कन साहित्यकारहरु बिष्णु प्रसाद न्यौपाने,ओमप्रसाद खनाल र गोपाल दहालले गरेका थिए ।
रामायण बाचन कार्यक्रममा त्रिलोचन उप्रेती प्रथम,काशीनाथ दहाल द्वितिय,टीकादेवी उप्रेती तृतिय र तुलसादेवी कडरियाले शान्तवना पुरस्कार प्राप्त गरेका थिए।यसरी कविता वाचन कार्यक्रममा स्मीत पराजुली प्रथम,मेघनाथ बन्धु द्वितिय,कमला धिमिरे तृतिय र जीवनाथ बरालले सान्तवना पुरस्कार प्राप्त गरेका थिए ।
बिजेताहरुलाई दमक नगर पालिका वडा नं ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरुङ ,प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पौडेल र पुरस्कार प्रयोजन गर्ने दहाल परिवारकाे तर्फबाट सल्लाहाकार सदस्य कमल दहाल र कार्य समिति सदस्य लक्ष्मीप्रसाद दहालले संयुक्तरुपमा बितरण गरेका थिए ।
कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक झापा का अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिवप्रसाद काफ्लेले राखेका थिए भने कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सचिव जीवराज भट्टराईले गरेका थिए ।
कार्यक्रममा सल्लाहाकार सह संयाेजक डाेयना दहाल, सल्लाहाकार सदस्य खेमलाल पोख्रेल,दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका अध्यक्ष कमलप्रसाद भट्टराई, साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्यौपाने,उपाध्यक्ष बिन्दु दहाल,पु्र्व अध्यक्ष नरपति पाण्डे लगायत दर्जनौ साहित्यकार तथा ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया