काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।
माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । छेउँमा बाँसका भाटा राखेका छन् ।
प्रतिकृया