बिर्तामोड। निमार्णाधीन अवस्थामा रहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक आयोजना अन्तर्गत बिर्तामोड नगरपालिका क्षेत्रको सडकमा पर्ने नागरिकहरुलाई एचआईभी-एड्स, यौन रोग र मानव वेचविखन सम्बन्धी सचेतना कार्यक्रम गरी सचेत गराइएको छ ।
बिहिबार नगरपालिकाको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा राजमार्ग अभिवृद्वि आयोजना अन्तरगत काँकरभिट्टा–लौकही सडकको बिर्तामोडमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (एचआईभी-एड्स, यौन रोग र मानव वेचविखन) सम्बन्धी सचेतना गराइएको हो ।
बिर्तामोड नगरपालिका–१, २, ३, ४, ५ र ६ नम्बर वडाको सडकमा जोडिएर बसोबास गर्ने महिला तथा पुरुषहरुलाई एचआईभी-एड्स, यौन रोग र मानव वेचविखनको जोखिम हुन सक्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको काँकरभिट्टा–लौकही सडक योजना अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले जानकारी दिइन् ।
कार्यक्रममा एचआईभी-एड्स र यौनजन्य सङ्क्रमण सम्बन्धी सामाजिक अभियन्ताहरु दीपा चौधरीले, यौन हिंसा सम्बन्धी सीता राना र मानव वेचविखन सम्बन्धी इलाका प्रहरी कार्यालय अनारमनी सई प्रदिप आले मगरले प्रोजेक्टर मार्फत जानकारी गराएका थिए ।
निमार्णाधीन अवस्थामा रहेको सडकमा बाहिरबाट काम गर्न आएका व्यक्तिहरुबाट बालबालिका तथा महिलामाथि हुने यौनजन्य हिंसाका क्रियाकलाप, दुव्र्यवहार लगायतका गतिविधिलाई रोक्न समुदायलाई सचेत गराइएको विज्ञ सिंहको भनाई छ ।
कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले सडक बनाउन विभिन्न देशबाट कामदारहरु यहाँ आएको भन्दै उनीहरुबाट हुनसक्ने जोखिमबाट बच्न नगरबासीहरु सचेत हुनु पर्ने र आयोजना हेर्नेले पनि गम्भिर भएर ध्यान दिनु पर्नेमा जोड दिए साथै कार्यक्रमका सहभागीलाइ यस कार्यक्रम बाट आफुले सिक्केको कुरा समुदायमा अरु मानिसहरुलाई पनि सिकाउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा काँकडभीट्टा-लौकही योजना कार्यालयका इन्जिनियर आश्रय महत, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला , विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सडकसँग वडा जोडिएका नागरिकहरु गरी १५० भन्दा माथिको सहभागिता रहेको थियो ।
काँकरभिट्टा–लौकही सडक आयोजना अन्तर्गत झापा, मोरंग र सुनसरी जिल्लाका सडक क्षेत्रमा पर्ने विभिन्न पालिकामा एचआईभी-एड्स, यौन रोग र मानव वेचविखन) सम्बन्धी सचेतना कार्यक्रम भइरहेको छ । सचेतना कार्यक्रमको औचित्यमाथि प्रकाशसहित सहजीकरण विज्ञ सिंहले गरेकी थिइन् ।
प्रतिकृया