काठमाडौं। माध्यामिक शिक्षाको अन्तिम (कक्षा १२) को परीक्षामा ५ वर्षयताकै धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको नतिजाअनुसार यस वर्ष गतवर्षको तुलनामा उत्तीर्ण विद्यार्थी प्रतिशतमा ९ अंकको सुधार आएको छ।
परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना सहभागी भएकोमा ६१ दशमलव १९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी सहभागी भएकोमा ३६ दशमलव १४ प्रतिशत अर्थात् ४१ हजार ८४० जना विद्यार्थी उत्तीर्ण भएका छन्।
वैशाख २१ गते देखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार ३०५ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।
प्रतिकृया