अर्जुनधारा। निमार्णाधीन अवस्थामा रहेको पूर्वपश्चिम लोकमार्गको काँकरभिट्टा–लौकही सडक आयोजना अन्तर्गत अर्जुनधारा नगरपालिका क्षेत्रको सडकमा पर्ने नागरिकहरुलाई एचआईभी एड्स, यौन रोग र मानव वेचविखन सम्बन्धी सचेतना कार्यक्रम गरी सचेत गराइएको छ ।
बुधबार नगरपालिकाको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा राजमार्ग अभिवृद्वि आयोजना अन्तरगत काँकरभिट्टा–लौकही सडकको अर्जुनधारामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (एचआईभी एड्स, यौन रोग र मानव वेचविखन) सम्बन्धी सचेतना गराइएको हो ।
अर्जुनधारा नगरपालिका –५ र ११ नम्बर वडाको सडकमा जोडिएर बसोबास गर्ने महिला तथा पुरुषहरुलाई सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी, र चलायमान जनसंख्याबाट जोखिम हुनसक्ने भएकाले एचआईभी एड्स, यौन रोग र मानव वेचविखनको जोखिम बाट बच्न समयमै परीक्षण र उपचार गरी एचआईभी एड्स/यौन रोग बाट जोखिम नियूनिकरण गर्न साथै सडकमा आधारित श्रमिक र स्थानीय बासिन्दालाई मानव बेचबिखनको जोखिमबारे सचेतना कार्यक्रम आयोजना गरिएको काँकरभिट्टा–लौकही सडक योजना अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले जानकारी दिइन् ।
कार्यक्रममा एचआईभी एड्स र यौनजन्य सङ्क्रमण सम्बन्धी स्वास्थियकर्मी दिपक दाहाल, यौन हिंसा सम्बन्धी सीता राना र मानव वेचविखन सम्बन्धी इलाका प्रहरी कार्यालय अनारमनी सई प्रदिप आले मगरले प्रोजेक्टर मार्फत जानकारी गराएका थिए ।
निमार्णाधीन अवस्थामा रहेको सडकमा बाहिरबाट काम गर्न आएका व्यक्तिहरुबाट बालबालिका तथा महिलामाथि हुने यौनजन्य हिंसाका क्रियाकलाप, दुव्र्यवहार लगायतका गतिविधिलाई रोक्न समुदायलाई सचेत गराइएको विज्ञ सिंहको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उप-प्रमुख खडगमाया पराजुली सडक बनाउन विभिन्न देशबाट कामदारहरु यहाँ आएको बताउनु भयो। उनीहरुबाट हुनसक्ने जोखिमबाट बच्न नगरबासीहरु सचेत हुनु पर्ने र आयोजना हेर्नेले पनि गम्भिर भएर ध्यान दिनु पर्नेमा जोड दिनुभयो साथै कार्यक्रमका सहभागीलाइ यस कार्यक्रम बाट आफुले सिक्केको कुरा समुदायमा अरु मानिसहरुलाई पनि सिकाउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा काँकडभीट्टा-लौकही योजना को डेपुटी टिम लीडर देव कुमार तामाङ, आवासीय ईन्जीनियर राजेन्द्र सिलवाल, अर्जुनधारा नगरपालिकाका विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सडकसँग वडा जोडिएका नागरिकहरु गरी ६० भन्दा माथिको सहभागिता रहेको थियो ।
काँकरभिट्टा–लौकही सडक आयोजना अन्तर्गत झापा, मोरंग र सुनसरी जिल्लाका सडक क्षेत्रमा पर्ने विभिन्न पालिकामा एचआईभी एड्स, यौन रोग र मानव वेचविखन) सम्बन्धी सचेतना कार्यक्रम भइरहेको छ र काँकडभीट्टा देखि लौकही सम्म सडक किनार विभिन्न स्थानमा जनचेतनामुलक साईन बोर्ड राखिने विज्ञ सिंह ले जानकारी गराईन् । साथै कार्यक्रम को सहजीकरण बिज्ञ सिंहले गरेकी थिइन् ।
प्रतिकृया