काठमाडौं । नेपाल आयल निगमले फेरी इन्धनको मुल्य बढाएको छ । उसले खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढाएको हो। मंगलबार साँझ एक सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ।
मूल्यवृद्धिसँगै पेट्रोल अब प्रतिलिटर एक सय २९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय १२ रुपैयाँ पुगेको छ। त्यस्तै निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ। अब ग्यासको खुद्रा मूल्य १ हजार ४ सय २५ पुगेको छ।
निगमका अनुसार अन्तराष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर ८४ रुपैयाँ पुर्याइएको छ। निगमले स्वचालित मूल्य कार्यान्वयन अनुसार मूल्यवृद्धि गरिएको दाबी गरेको छ।
प्रतिकृया