दमक। कोरोना संक्रमणसँगै लामो समयदेखि बन्द गरिएका होटल तथा रेष्टुरेन्ट खुलेका छन् । शहर बजारमा मानिसहरुको चहलपहल पनि बढेको छ । तर होटल व्यवसाय भने चल्ने अबस्था नभएको व्यवसायीहरुको भनाई छ ।
होटल व्यवसायी संघका क्षेत्रिय अध्यक्ष तथा पाथीभरा होटलका संचालक राजन दंगालले शुभदिनसँग कुरा गर्दै भन्नुभयो, होटल तथा रेष्टुरेन्ट खुलेका छन, तर बोर्डर नखुलेसम्म चल्ने अबस्था छैन् ।
उहाँका अनुसार इण्डीयाको बोर्डर नखोल्दासम्म र यातायात मेची–महाकाली संचालन नभएसम्म होटल खुलेपछि चल्न सक्दैनन् । उहाँले साना चिया पसल तथा होटल चलेपनि हामी जस्ता ठूला होटल संचालकहरुलाई होटल संचालन गर्न गाह्रो भएको भन्दै सरकारले सबै जनतालाई खोप नलगाएसम्म होटल चल्न नसक्ने बताउनु भयो । नागरिकले खोप लगाए उनीहरुले खोप लगाएका छौं भन्ने महसुस गर्ने भएकाले हिड्डुल गर्ने र होटल चल्ने बताउनु भयो ।
त्यस्तै संगम स्विट्सका संचालक विमल शर्माले दमक कोरोना संक्रमणको हट स्पट जस्तै भएकाले होटल खुलेसँगै केही राहत भएपनि तत्काल चल्न नसक्ने बताउनु भयो ।
उहाँले लामो समय सम्म बन्द भएकाले बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न समस्या भएको बताउनु भयो । उहाँले दिर्घकालिन समाधान खोज्नुपर्ने बताउनु भयो ।
प्रतिकृया