काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैँयाले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ५ सय रुपैँयामा कारोबार भएको छ । यसअघि शुक्रबार सुनकाे मूल्य ९३ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्यमा १५ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैँयामा कारोबार भएको छ । यसअघि चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।
प्रतिकृया