सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाण्डौं । पार्टी विभाजनको संघारमा पुगेर पानी बाराबारको स्थिति रहेको नेकपा एमाले अहिले एकता नजिक पुगेको उसका नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार अहिलेसम्म भएका छलफलहरुलाई भोलिसम्म अन्तिम रुप दिने प्रयास हुनेछ । सहमति जुटेका कतिपय विषयको व्याख्यालगायत टुंग्याएपछि भोलि कार्यदल स्तरमा सहमति हुनने ओली पक्षका नेता सुबासचन्द्र नेम्बाङ्ग र माधव पक्षका नेता गोकर्ण विष्टले दाबी गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यी दुबै नेताले भोलि सहमति हुने दाबी गरेका छन् । सुवास नेम्वाङले संचारकर्मीहरुसँग प्रतिक्रिया दिदै भने, हामीले साह्रै मेहनतका साथ काम टुंग्याए बराबर छ । भोलि विहान ८ बजे तपाईहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ । यसो हिसाब गर्नुस् त, झण्डै तीन वर्ष भयो होला । तीन वर्षको विवाद आज कति दिन भयो होला हामी बसेको ?
त्यस्तै नेता गोकर्ण विष्टले भने, हामी केही दिनदेखि पार्टी एकताका लागि औपचारिक, अनौपचारिक ढंगले लागिरहेका छौं । पार्टी एकताका समस्याहरु के थिए, ती समस्याहरुको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा एकले अर्काको मनोविज्ञान र समस्या बुझ्दै छलफल गर्यौं । र, लगभग एउटा निष्कर्षमा आइपुगेका छौं । अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं ।
अब हामीसँग छलफलका धेरै विषय बाँकी छैनन् । लगभग हामीले समस्यालाई समग्रमै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं । यद्यपि आजकै दिनमा हामीले सुखद समाचार घोषणा गर्न सकिरहेका छैनौं । तर म तपाईहरुमार्फत यहि सन्देश दिन चाहन्छु, भोलिको दिन आम पार्टी पंत्तिले प्रतिक्षा गरेर बसेको पार्टी एकताको सन्देश सुन्न पाउने छौं । एक हदसम्म औपचारिकता दिने, केही मिलाउने काम मात्र बाँकी छ । अरु हिसाबले हामी लगभग निष्कर्षमा पुग्यौं ।
प्रतिकृया