दमक। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ, ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ, आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो भन्दै सामाजिक संजालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
तर भट्टराईले दश बर्षे युद्धमा आँफैले हस्ताक्षर गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका ४० बुँदे माग आँफै प्रधानमन्त्री हुँदा किन पुरा गर्न सकेनन् ? कसले रोकेको थियो उनलाई ? यदि उनीहरुले साँच्चीकै देश र जनताका लागि बन्दुक उठाएका थिए भने २०५२ सालमा जसलाई माग राखेर युद्धमा होमिएका थिए, आज तिनैलाई प्रधानमन्त्री बनाउन उनै भट्टराई सफल भएका छन् ।
ति माग र मुद्दा पुरा गर्दैनन अब पनि भने त्यो युद्ध देश र जनताका लागि थिएन भन्ने प्रष्ट हुन्छ । यसतर्फ पनि पूर्वप्रधानमन्त्री भट्टराईले ध्यान दिने कि ?
प्रतिकृया