सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाण्डौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले जनतालाई सर्वोच्च अदालतको संज्ञा दिएका छन् । आज प्रतिनिधिसभाको दोश्रो बैठकलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले सर्वोच्च अदालतले गरेको निर्णय प्रति लक्षित गर्दै भने हाम्रा लागी जनता सर्वोच्च अदालत हुन् । निर्वाचनमा जनताले न्याय दिनेछन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्ति भएको पनि बताउनु भयो । उहाँले अदालतको यस फैशलाले अचम्मित बनाएको पनि उल्लेख गर्नुभयो । नेता ज्ञवालीले हामी युद्धमा हारेर आएका होइनै भनी उल्लेख समेत गरे ।
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदैछन् । एमाले नेता माधव कुमार खेमाका अन्य साँसदले पनि देउवालाई विश्वासको मत दिने निर्णय गरेका कारण देउवाले विश्वासको मत पाउँने निश्चित छ ।
तर एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध गुटको राजनीति गर्दै सरकार परिवर्तनको खेलमा लागेका नेता नेपाल पक्षका नेताको भबिष्य भने पार्टी भित्र अन्योलमा देखिएको छ । किनकी आजै बसेको एमालेको स्थाई समिति बैठकले देउवालाई विश्वासको मत दिए पार्टीमा नराख्ने निर्णय गरिसकेको छ ।
नेता नेपालले देउवालाई मत दिने निर्णय गरेसँगै उनी निकट नेता भीम रावलले साँसद पदबाट राजिनामा दिइसकेका छन् । यसले पनि नेता नेपाल पक्षको अबको भबिष्य पार्टी भित्रै अन्योलमा देखिन्छ ।
प्रतिकृया