काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले वैदेशिक हस्तक्षेपविरुद्ध काठमाडौं लगायत देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतिघर मण्डलामा उनीहरुले वैदेशिक हस्तक्षेपविरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका हुन् । उनीहरुले सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्ने, सवै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नयाँ सरकार बनेपछि वैदेशिक हस्तक्षेप हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।
प्रदर्शनमा सहभागि युवाहरुले राष्ट्र बचाउन खबरदारी गर्न सडकमा आउनु परेको प्रतिक्रिया दिएका थिए । उनीहरुले काठमाण्डौं, बुट्वल, कैलाली, कञ्चनपुर, मकवानपुर, कपिलबस्तु, उदयपुर, लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेका छन् ।
प्रतिकृया